महिला आरक्षण विधेयक पास हुँदा गद्‍गद् प्रियंका

हिमाल प्रेस ७ असोज २०८० १३:३६
4
SHARES
महिला आरक्षण विधेयक पास हुँदा गद्‍गद् प्रियंका

काठमाडौँ- भारतका दुवै सदन लोकसभा र राज्यसभाबाट महिला आरक्षणसम्बन्धी विधेयक पास हुँदा अभिनेत्री प्रियंका चोपडा निकै खुसी छन्। उनले आफ्नो खुसी सामाजिक सञ्जालमा पोखेकी छन्।

‘विधेयक भारतीय महिलाहरूका लागि कोसेढुंगा साबित हुनेछ,’ इन्स्टाग्राममा प्रियंकाले लेखेकी छन्, ‘यो प्रेरणादायक छ। महिला आरक्षण विधेयक- नारी शक्ति वन्दन अधिनियम पारित हुनु उचित हो। यो कार्यान्वय हुनु नै मुख्य चुनौती हो। हाम्रो देशले महिलाहरूलाई समर्थन गर्छ। उनीहरूलाई सशक्त बनाउँछ।’

प्रियंका चोपडाले मात्र होइन ‘पिंक’, ‘मिसन मंगल’लगायत फिल्ममा काम गरेकी अभिनेत्री कृति कुल्हारीले पनि महिला आरक्षण विधेयकको समर्थन गरेकी छन्।

भारतीय संसद्का नयाँ भवनको पहिलो दिनमै कानुनमन्त्री अर्जुनराम मेघवालले उक्त विधेयक पेश गरेका थिए। जसमा संसद् र विधानसभामा महिलाहरूले ३३ प्रतिशत आरक्षण पाउनुपर्ने उल्लेख छ। दुवै सदनबाट विधेयक पास भएको छ।

राष्ट्रपतिले स्वीकृति दिए कानुन बन्ने प्रक्रिया सुरु हुनेछ। विधेयक पास भए पनि यसलाई कार्यान्वयमा ल्याउन समय लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विधेयक सन् २०२९ सम्म लागू हुन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =