काठमाडौँ- प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि सारिएको छ। बुधबार दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक एकैपल्ट चैत ५ गते बस्ने भएको हो।
विशेष कारणले बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।
राष्ट्रपति निर्वाचनको दौडमा सांसदहरू व्यस्त भएकाले संसद् बैठक सारिएको हो। पटकपटकका प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेकाले बैठक स्थगित हुँदै आएको थियो।
एकातिर संसद्मा ‘बिजिनेस’ नहुँदा बैठक औपचारिकतामा मात्र सीमित छ भने अर्कातिर सांसद उपस्थित नहुँदा बैठक स्थगित हुँदै आएका छन्। आउँदो फागुन २५ मा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ। निर्वाचनपछि मात्र बस्ने गरी बैठक सारिएको हो।
८ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।
                            प्रकाशित: १७ फागुन  २०७९ ११:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

