सभामुख स्वदेश फर्किँदै

हिमाल प्रेस २ चैत २०७९ १०:१० | Thursday, March 16, 2023
सभामुख स्वदेश फर्किँदै सभामुख देवराज घिमिरे।

काठमाडौँ-  सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किँदै छन्।

अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औँ महासभामा सहभागी भई उनी आज स्वदेश फर्किन लागेका हुन्।
उनी आज साँझ ६ बजे स्वदेश फर्किने बताइएको छ।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख गत शुक्रबार बहराइन गएका थिए।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी थिए।

प्रकाशित: २ चैत २०७९ १०:१० | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast