काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठनका लागि आवेदन माग गरेको छ। रास्वपाका महामन्त्री मुकल ढकालले एक विज्ञप्तीमार्फत समिति गठनका लागि आवेदन माग गरेका हुन्।
संगठन विस्तारका क्रममा रहेको रास्वपाले निर्वाचन क्षेत्र भित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गर्ने तयारी गरेको हो।
समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्नेहुन्छ। पार्टीको एपमार्फत आवेदन दिन सकिने पनि उल्लेख गरिएको छ।
अनलाइन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ। रास्वपाले हालै सातै प्रदेश समिति पनि गठन गरेको थियो।

प्रकाशित: २२ फागुन २०७९ ८:४८ | Monday, March 6, 2023
प्रतिक्रिया





