राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस ८ चैत २०७९ ७:४९ | Wednesday, March 22, 2023
राष्ट्रियसभा बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/७९ सभा समक्ष पेस गर्ने कार्यसूची छ।

त्यस्तै सांसद भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनेछन्।

प्रकाशित: ८ चैत २०७९ ७:४९ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast