राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकारमा नेपाल, कानुनी सल्लाहकारमा कुँवर

हिमाल प्रेस १५ चैत २०७९ २१:४४ | Wednesday, March 29, 2023
राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकारमा नेपाल, कानुनी सल्लाहकारमा कुँवर

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार आर्थिक सल्लाहकार र कानुनी सल्लाहकार नियुक्त गरेका छन्। आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका हुन्।

राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल सुजता कोइराला परराष्ट्र मन्त्री हुँदा उनका सल्लाहकार थिए। त्यसपछि उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार थिए। यसैबीच उनी राष्ट्र बैंकका गभर्नर बनेका थिए।

कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुख हुन्। पूर्वमहान्यायाधीवक्ता उनी कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत हुन्।

प्रकाशित: १५ चैत २०७९ २१:४४ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast