रथयात्राका कारण काठमाडौँ यी क्षेत्रमा आजदेखि सवारी आवागमन प्रभावित हुने

हिमाल प्रेस १५ चैत २०७९ ९:०४ | Wednesday, March 29, 2023
रथयात्राका कारण काठमाडौँ यी क्षेत्रमा आजदेखि सवारी आवागमन प्रभावित हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज(बुधबार)देखि आइतबारसम्म काठमाडौँका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ।

सेतो मच्छिन्द्रनाथको रथयात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।
रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ।

सूचना अनुसार आज तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ। चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ।

महानगरका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन।

रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ।

प्रकाशित: १५ चैत २०७९ ९:०४ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast