युट्युबमा आउँदै ‘बाघको बंगारा’

हिमाल प्रेस ९ चैत २०७९ १२:२४ | Thursday, March 23, 2023
युट्युबमा आउँदै ‘बाघको बंगारा’

काठमाडौँ- ‘हेर्ने कथा’ टोलीको वृत्तचित्र ‘बाघको बंगारा’ चैत ११ (शनिबार) युट्युबमा सार्वजनिक हुने भएको छ। बेलुका ७ बजे ‘हेर्ने कथा’को आधिकारिक युट्युब च्यानलमा  वृत्तचित्र हेर्न सकिनेछ।

विद्या चापागाई र कमल कुमारको वृत्तचित्रमा जाजरकोटको डरलाग्दो भिरबाट महको सिकार गर्ने सिकारीको कथा देखाइएको छ।

भिर माहुरीको मह काढ्नेका दुःख, मेहनत, जोखिमलाई चित्रण गरिएको वृत्तचित्रले काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)को २० औँ संस्करणमा ‘अडियन्स च्वाइस’ अवार्ड हात पारेको थियो। त्यस्तै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘उत्कृष्ट राष्ट्रिय वृत्तचित्र’को अवार्ड जितेको छ।

यो पनि

‘हेर्ने कथा’ टोलीको डर र साहसको कथा

प्रकाशित: ९ चैत २०७९ १२:२४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast