मिटरब्याजलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन : डा. पौड्याल

हिमाल प्रेस १६ चैत २०७९ १३:२१ | Thursday, March 30, 2023
मिटरब्याजलाई राजनीतिक दलहरूले संरक्षण गर्नुहुँदैन : डा. पौड्याल फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजहरूलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य डा. पौड्यालले मिटरब्याजहरूलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरूले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरिन्।

उनले मिटरब्याजीहरूलाई दलका कार्यकर्ताले संरक्षण गरे/नगरेको विषयमा दलहरू बोल्नुपर्ने बताइन्। उनले दलहरूले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजको संरक्षण हुन दिनुनहुने बताइन्।

त्यसैगरी उनले मिटरब्याज पीडितहरूलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले भनिन्, ‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरूलाई। खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ।’

प्रकाशित: १६ चैत २०७९ १३:२१ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast