भीम रावलले गरे एमालेबाट टाढिने संकेत

हिमाल प्रेस १४ चैत २०७९ ११:३३ | Tuesday, March 28, 2023
भीम रावलले गरे एमालेबाट टाढिने संकेत

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले आफूमाथि प्रहार गरिरहे हेरेर नबस्ने बताएका छन्। आज धनगढीमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीले आफूलाई प्रहार गरिरहने बिद्रोही बन्न सक्ने बताएका हुन्।

उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ। तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका कार्यकर्तालाई सोध्नेछु।’

उनले थपे,‘जनतासँग सोध्नेछु-अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु।’

उनले सोमबार गृहजिल्ला अछाममा एमालेका दुईपक्षबीच भएको टकरावको कारण संस्थापन पक्ष रहेको आरोप लगाएका छन्। सोमबार एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रमलाई सम्बोधन गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल अछाम पुगेका थिए। पौडेलले रावलविरुद्ध अभिव्यक्ति दिएपछि कार्यकर्ता पौडेलमाथि जाइलागेका थिए। आज रावलले यसैबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका थिए।

कार्यक्रमका वक्ताहरूले भीम रावलको विरोध गरेपछि आक्रोशित कार्यकर्ताले मञ्चै कुर्सी प्रहार गरेर विरोध गरेका थिए।

एमालेमा भीम रावल र संस्थापन पक्षबीच फेरि टकराव, विष्णु पौडेलले गरे सुरुवात

प्रकाशित: १४ चैत २०७९ ११:३३ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast