बालेन शाहविरुद्ध प्रदर्शन

हिमाल प्रेस १३ चैत २०७९ १२:४८ | Monday, March 27, 2023
बालेन शाहविरुद्ध प्रदर्शन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध प्रदर्शन गरिएको छ।

संविधान र कानुनविपरीत सुकुम्वासीलाई उठीवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघरसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरिएको हो।

आफूहरूलाई उठीवास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

भूमिहीनलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान र कानुनविपरीत उठीवास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत उनले दिए। विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहित नाराबाजी गरिएको थियो।

प्रकाशित: १३ चैत २०७९ १२:४८ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast