फाइल तस्बिर
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ तेस्रो प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा विजयी नेपाली खेलाडीहरूलाई बधाइ ज्ञापन गरेका छन्।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपाली टिमलाई बधाई दिन रंगशाला पुगेका प्रचण्डले खेलाडीहरूलाई बधाईसहित पुस्कार प्रदान गरेका छन्।
‘प्रतियोगितामा विजयी नेपाली खेलाडीहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु,’ उनले भने। फुटवलमार्फत् राष्ट्रको पहिचान र गरिमा उच्च बनाउन नेपाली खेलाडीहरूको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै उनले नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित: १७ चैत २०७९ २०:२९ | Friday, March 31, 2023
प्रतिक्रिया




