प्रधानमन्त्रीलाई भेटेलगत्तै एकीकृत समाजवादीले डाक्यो सचिवालय बैठक

हिमाल प्रेस १४ चैत २०७९ ११:४१ | Tuesday, March 28, 2023
प्रधानमन्त्रीलाई भेटेलगत्तै एकीकृत समाजवादीले डाक्यो सचिवालय बैठक फाइल तस्बिर

काठमाडौँ- सत्ता बाँडफाँटको भागबन्डा कसिलो बनेसँगै सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालयको बैठक डाकेको छ।  समाजवादीले पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

एकीकृत समाजवादीका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए। एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय माग गरेको छ। तर प्रधानमन्त्री प्रचण्ड भने तीन मन्त्रालय दिन नसकिने बताइरहेका छन्।
समाजवादीमा मन्त्रीका आकांक्षी बढेपछि समाजवादी किचलो बढेको छ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, नेताहरू प्रकाश ज्वाला, मेटमणी चौधरी, किसान श्रेष्ठ अहिलेको लबिङमा छन्। तर पार्टी नेतृत्वले कसलाई पठाउने निर्णय गर्न सकेको छैन।

प्रकाशित: १४ चैत २०७९ ११:४१ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast