परीक्षा निरीक्षकले नै चिट चोराएपछि…

हिमाल प्रेस १७ चैत २०७९ १२:१४ | Friday, March 31, 2023
परीक्षा निरीक्षकले नै चिट चोराएपछि… प्रतिनिधिमूलक तस्बिर

जनकपुरधाम- धनुषामा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा खटिएका एक निरीक्षकलाई पक्राउ गरिएको छ। धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित बीपी कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।

विद्यार्थीलाई चिट चोराएको फेला परेपछि यादवलाई पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। यादव जनता आधारभूत माध्यमिक विद्यालय बनिगा लक्ष्मिनीयाँका शिक्षक हुन्। उनलाई निरीक्षकको रूपमा बीपी कोइराला माविमा खटाइएको थियो।

यादवले मोबाइल प्रयोग गरी प्रश्नपत्रको तस्बिर बाहिर पठाएका थिए। त्यसपछि बाहिरबाट उनको मोबाइलमै उत्तर पठाएको र सो उत्तर विद्यार्थीलाई सार्न दिएकाले पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ चैत २०७९ १२:१४ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast