काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले दृष्टिविहीन विद्यार्थीलाई आफू अध्ययन गरेकै विद्यालयमा एसईई दिन पाउने व्यवस्था गरेको छ।
बोर्डले दृष्टिविहीन विद्यार्थीका लागि स्रोतकेन्द्र सञ्चालन भइरहेका विद्यालयलाई नै उपकेन्द्र कायम गरी परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले दृष्टिविहीन विद्यार्थीका लागि स्रोतकेन्द्र सञ्चालन भइरहेका विद्यालयलाई नै उपकेन्द्र कायम गरी परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेको जानकारी दिए।
विगतमा होमसेन्टर राख्न नपाउने व्यवस्थाका कारण दृष्टिविहीन परीक्षार्थीले अन्य परीक्षा केन्द्रमा गई परीक्षा दिनुपर्दा समस्या भोग्दै आएका थिए।
प्रकाशित: ८ चैत २०७९ १२:३० | Wednesday, March 22, 2023
प्रतिक्रिया



