काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक चैत ७ गते बस्ने भएको छ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको सो बैठक बस्ने भएको हो।
विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए।
जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसको छ। चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिई सकेको छ। जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
प्रकाशित: ६ चैत २०७९ ७:१८ | Monday, March 20, 2023
प्रतिक्रिया





