चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई बधाई

हिमाल प्रेस ३० फागुन २०७९ २१:२६ | Tuesday, March 14, 2023
चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई बधाई चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्बिर : रोयटर्स

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन्। राष्ट्रपति सीले मंगलबार एक सन्देशमार्फत बधाई दिएका हुन्।

उक्त सन्देशमा नेपाल–चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी रहेको समेत उल्लेख छ। सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै शान्तिपूर्ण सहअस्तित्वको राम्रो उदाहरण दुई देशले प्रस्तुत गरेको पनि सन्देशमा उल्लेख छ ।

दुई देशबीच रहीआएको मित्रता र पारस्परिक सहयोग निरन्तर विकास भइरहेको सीले बताएका छन्। राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको उल्लेख गर्दै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न तथा बेल्ट एण्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्।

राष्ट्रपति सीले सांस्कृतिक र दुई देशका जनताबीचको सहयोग आदानप्रदान सुदृढ गर्न, विकास र समृद्धिको लागि चिरस्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्न इच्छुक रहेको सन्देशमा लेखेका छन्। रासस

प्रकाशित: ३० फागुन २०७९ २१:२६ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast