काठमाडौँ- ग्लोबल आइएमई बैंकले ‘डिजिटल होली’ योजना सार्वजनिक गरेको छ। बैंकले होलीको अवसरमा मोबाइल बैंकिङ एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको हो।
योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार होलीपर्व अर्थात् सोमबार र मंगलबार ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ‘जीआईबीएल- आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गरेमा एक पटकको खरिदमा १५ प्रतिशत वा १५० रुपैयाँसम्म क्यासब्याक पाइनेछ।
                            प्रकाशित: २१ फागुन  २०७९ १६:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

