काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आज दिउँसो १ बजे बस्ने संसद् बैठकबाटै प्रतिपक्षी बेन्चबाट हटेर सत्तापक्षी बेन्चमा बस्ने निर्णय गरिसकेको छ।
उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेर संसदीय दललाई सोहीअनुसारको निर्देशन पनि दिएको छ।
कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयलगायत विषयमा छलफल गर्न अहिले संसदीय दलको बैठक बसेको हो।
यो पनि
                            प्रकाशित: ५ चैत  २०७९ १२:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

