एसईईमा अंग्रेजीको साटो नेपालीको प्रश्नपत्र पुगेपछि…

हिमाल प्रेस १७ चैत २०७९ १०:४० | Friday, March 31, 2023
एसईईमा अंग्रेजीको साटो नेपालीको प्रश्नपत्र पुगेपछि… प्रतीकात्मक तस्बिर।

जनकपुरधाम- आज (शुक्रबार) बाट देशभर एसईई सुरु भएको छ। एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा जारी छ।

धनुषाको एक परीक्षा केन्द्रमा भने अंग्रेजी विषयको साटो अनिवार्य नेपाली विषयको प्रश्नपत्र पुर्‍याइएको पाइएको छ। अंग्रेजीको साटो नेपाली विषयको प्रश्नपत्र पुर्‍याइएपछि त्यहाँ एक घण्टा ढिलो गरी परीक्षा सुरु भएको छ।

औरही गाउँपालिकामा रहेको चक्कर मावि परीक्षा केन्द्रमा अर्कै विषयको प्रश्नपत्र पुगेपछि एक घण्टा ढिलो परीक्षा सुरु भएको हो।

जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख युक्त शर्माका अनुसार फरक प्रश्नपत्र पुगेपछि ढिला गरी परीक्षा सुरु गर्नु परेको बताए। ‘अर्को प्रश्नपत्र पुर्‍याउन ढिला भयो, त्यसैले परीक्षा एक घण्टापछि सुरु गर्नुपर्‍यो,’ उनले भने, ‘त्यहाँ मुचुल्का गरेर परीक्षा सञ्चालनमा ल्याइएको हो।’

प्रकाशित: १७ चैत २०७९ १०:४० | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast