इटहरी उपमहानगरले दुई हजार अतिविपन्न परिवारको निशूल्क बिमा गरिदने

हिमाल प्रेस १६ फागुन २०७९ १९:०६
6
SHARES
इटहरी उपमहानगरले दुई हजार अतिविपन्न परिवारको निशूल्क बिमा गरिदने

इटहरी– इटहरी उपमहानगरपालिकाले दुई हजार अतिविपन्न परिवारलाई निशूल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। उपमहानगरले अतिविपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रममा आवद्व गराउने उदेश्यले निःशूल्क बिमा गरिदिने भएको हो।

इटहरी उपमहानगरपालिकाको मेयरमा हेमकर्ण पौडेल निर्वाचित भएर आएसँगै ‘सबैका लागि, सँधैका लागि’ स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्वि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बिमा कार्यक्रम सुरु गरेको हो। अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरि बिमा कार्यक्रम सुरु गरिएको हो।

साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गराउने निर्णय गरेको मेयर पौडेलले बताए। पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले निःशुल्क स्वास्थ्य बिमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्नेछ।

‘यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बिमा गरेकै छैनन्,’ उनले भने, ‘जसकारण औषधि उपचार गर्न निकै असहज बनिरहेको छ, अब स्वास्थ्य बिमा कार्ड लिएर स्वास्थ्य सेवा लिन आउनेले सहज सुविधा पाउँछन्।’

भवितव्य रूपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरीब तथा विपन्नहरूको निःशुल्क बिमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए। विशेषतः आर्थिक रूपमा कमजोर भएका घरपरिवार बिमाको सेवाबाट टाढा रहेका छन्।

तीनै घरपरिवारलाई मध्यनजर गर्दै आफ्नोे घोषणापत्रमा समेटिएका स्वास्थ्य बिमा सञ्चालनमा ल्याएको उनको भनाइ छ। अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बिमा गर्ने बताइएको छ। वडा कार्यालयसँगको समन्वयमा घरबाटै बिमामा आवद्व हुने व्यवस्था गरिएको उपमहानगरले जनाएको छ।

बिमाकर्ताहरूको समन्वयमा घरमै पुगेर पाँचजना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बिमा गर्ने गरेको बताइएको छ ।

प्रकाशित: १६ फागुन २०७९ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =