धादिङ- धुनिवेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दैआएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिटगरी हत्या गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्।
धुनवेशी नगरपालिका-६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियाँलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ।
बानियाले फागुन १० गते कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल-भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ फागुन २०७९ ११:१५
प्रतिक्रिया