कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

हिमाल प्रेस १५ फागुन २०७९ ११:१५
10
SHARES
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ सांकेतिक तस्बिर।

धादिङ- धुनिवेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दैआएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिटगरी हत्या गरेको अभियोगमा एक जना पक्राउ गरेका छन्।

धुनवेशी नगरपालिका-६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियाँलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

बानियाले फागुन १० गते कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल-भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ फागुन २०७९ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =