‘स्ववियु निर्वाचन तोकिएकै मितिमा हुन्छ’

हिमाल प्रेस १४ फागुन २०७९ २०:२५
8
SHARES
‘स्ववियु निर्वाचन तोकिएकै मितिमा हुन्छ’

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका छन्। तोकिएकै मितिमा चुनाव गर्नेगरी तयारी अघि बढेको उनले बताए।

निर्देशक अघिकारीले निर्वाचनको तयारी स्वरुप क्याम्पसमा निर्वाचन कमिटि गठन गर्न निर्देशन जारी गरिसकेको उनले बताए। निर्वाचन निर्देशिकामा उल्लेख भएअनुसार प्रक्रिया अघि बढिसकेको बताए। ‘स्ववियु निर्वाचनको तयारीस्वरूप कमिटि गठन गर्ने, निर्वाचन आचारसंहिता लागू गर्नेसम्मका काम अघि बढिसकेका छन्’ उनले भने, ‘ स्ववियु चुनावका लागि प्रत्येक क्याम्पसमा स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्नामा रोक लगाइएको छ। फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी छ।’

स्ववियुको आवश्यकताबारे विश्वविद्यालय प्रशासन पनि अवगत रहेकाले सरोकारवालासँग छलफल गरेर तयारी तिब्र बनाइएको उनको भनाइ छ। उनले विद्यार्थीका २२ संगठनको छलफलबाट निर्देशिका तयार भएको र सोहीअनुसार निर्वाचन हुने दाबी गरे।

विश्विद्यालयले स्ववियु निर्वाचनका लागि केन्द्रीय सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवालासँग छलफल गरिसकेको छ। स्नातक तह प्रथम वर्षबाहेक अन्य तहमा १९ गतेसम्म भर्ना भएका विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न पाउने विश्वविद्यालय प्रशासनले बताएको छ।

निर्वाचनमा केही क्याम्पसमा विद्युतीय भोटिङ मेसिन पनि प्रयोग हुने र निर्वाचनलाई सहजीकरण गर्न जिल्ला निर्वाचन आयोगको कार्यालयलाई पनि पत्राचार गरिएको विश्वविद्यालय प्रशासनको भनाइ छ।

प्रकाशित: १४ फागुन २०७९ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =