क्रसर र खानी उद्योग नवीकरणका लागि सरकारले सहयोग गर्छ : मन्त्री मोदी

हिमाल प्रेस १२ फागुन २०७९ १८:५४
6
SHARES
क्रसर र खानी उद्योग नवीकरणका लागि सरकारले सहयोग गर्छ : मन्त्री मोदी फाइल तस्बिर।

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानुनसम्मत सहयोग हुने बताएका छन्।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको शुक्रबार काठमाडौँमा आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘क्रसर तथा खानी उद्योगको नवीकरणमा देखिएका समस्या समाधानका लागि सरकार सकारात्मक छ। यसक्रममा व्यवसायीलाई पीरमर्का नपरोस् भनेर सरकार सजग छ,’ उनले भने।

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले मुलुकको समृद्धि र विकासका लागि लगानीमैत्री वातावरण हुनु प्रमुख विषय रहेको उल्लेख गर्दै कुनै पनि व्यवसायी तथा लगानीकर्तालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए।

राज्यलाई कर तिर्ने र विकास निर्माणका सामग्री उत्पादन गर्न व्यवसाय र लगानीकर्ताका सम्बन्धमा सरकारले कुनै पक्षपात नगरी व्यवहार गर्नुपर्ने उनको भनाइ छ।

महासंघका अध्यक्ष सीताराम न्यौपाने, वरिष्ठ उपाध्यक्ष श्यामराज खड्का, कोषाध्यक्ष यामबहादुर मल्ललगायतले क्रसर तथा खानी उद्योग मुलुकको विकास निर्माणको मेरुदण्ड भए पनि यस व्यावसायले उचित सहयोग र इज्जत नपाएको गुनासो गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =