राजेन्द्र श्रेष्ठको दाबी : चार दलको बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भयो

हिमाल प्रेस १२ फागुन २०७९ १३:५२
34
SHARES
राजेन्द्र श्रेष्ठको दाबी : चार दलको बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भयो फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा दलहरूबीच सहमति भएको दाबी गरेका छन्। बालुवाटारमा शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको श्रेष्ठले दाबी गरेका हुन्।

‍बैठकमा सहभागी भएर बाहिरिनेक्रममा उनले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, यसविषयमा दलहरूबीच मतभिन्नता आज पनि देखिएन।’

राष्ट्रपतिमा भने कांग्रेस र अन्यदलबीच कुरा मिलेको छैन। कांग्रेसले आफ्नै उम्मेदवारलाई सबैले समर्थन गर्नुपर्ने बताएको छ भने माओवादीसहितका दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन निर्वाचनअघिको गठबन्धनमा रहेका यी चार दलबीच साँझ पाँच बजे निर्णायक बैठक बस्दैछ।

प्रकाशित: १२ फागुन २०७९ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =