काठमाडौँ- आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ। सम्झौताअनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीले पोलिसी नवीकरणको शुल्क आइएमई पेमार्फत् भुक्तानी गर्न सक्नेछन्।
सम्झौतापत्रमा आइएमई पेकोतर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन्।
आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो।
प्रकाशित: १० फागुन २०७९ १२:२८
प्रतिक्रिया