वैशाख १ : जन्त जाने दिन

हिमाल प्रेस ७ फागुन २०७९ १५:५७
14
SHARES
वैशाख १ : जन्त जाने दिन

काठमाडौँ- अभिनेता दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘बिहे पास’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा वैशाख १ लाई ‘जन्त जाने दिन’ भनिएको छ। नयाँ पोस्टरमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपानेलाई देख्न सकिन्छ।

प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा फिल्ममा यी कलाकारबाहेक श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायत कलाकार छन्।

वैशाख १ मै दयाहाङको अर्को फिल्म ‘जारी’ पनि प्रदर्शनमा आउनेछ। अभिनेताले सामाजिक सञ्जालमा ‘बिहे पास’को पोस्टर सेयर गर्दै ‘जारी’को पनि प्रचार गरेका छन्। उनले क्याप्सनमा लेखेका छन्, ‘वैशाख १ मा ‘जारी’ गरेर ‘बिहे पास’ हुने भो।’

‘जारी’मा अभिनेत्री मिरुना मगर दयाहाङको जोडीका रूपमा देखिनेछिन्। फिल्ममा दयाहाङ र मिरुनाबाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ७ फागुन २०७९ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =