‘बाटो’को छायांकन सकियो

हिमाल प्रेस ३ फागुन २०७९ १२:०२
12
SHARES
‘बाटो’को छायांकन सकियो

काठमाडौँ- फिल्म ‘बाटो’को छायांकन सकिएको छ। जेठ २९ यता सुरु भएको छायांकन फागुन १ मा सकिएको हो।

काठमाडौँका विभिन्न स्थानसँगै उदयपुरको गाईघाटमा फिल्मको छायांकन भएको थियो। फिल्ममा लेखन र निर्देशन मदन थापाको छ। रोड थ्रिलर जनरामा बनेको फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायत कलाकारको अभिनय छ।

फिल्म नेपालीसहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी भाषामा प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षको भनाइ छ।

प्रकाशित: ३ फागुन २०७९ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =