यस्ता छन् मन्त्रिपरिषद्‌‌का निर्णयहरू

हिमाल प्रेस २४ माघ २०७९ १७:३०
8
SHARES
यस्ता छन् मन्त्रिपरिषद्‌‌का निर्णयहरू फाइल तस्बिर

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै १४ निर्णय गरेको छ।

बागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगपालिका-१ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ।

त्यस्तै भारतमा आयोजना हुने नेपाल भारत विद्युत सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १० औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय पनि गरेको छ।

यस्ता छन् अरू निर्णयहरू 

प्रकाशित: २४ माघ २०७९ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =