राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीलाई फिर्ता बोलायो

हिमाल प्रेस २२ माघ २०७९ १६:०१
44
SHARES
राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीलाई फिर्ता बोलायो फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। आज आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने र मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए।

आफ्नो भागमा परेको गृहमन्त्रालय तत्काल नपाउने अवस्था आएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृहमन्त्रालय नदिने अडान राखेका थिए। प्रधानमन्त्रीले गृह छाडेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए।

सत्तारुढ दल तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले भने गृहमन्त्रालय दिन सार्वजनिक अविभव्यक्ति नै दिएका थिए।

 

 

 

 

प्रकाशित: २२ माघ २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =