रहेनन् पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफ

हिमाल प्रेस २२ माघ २०७९ १३:२०
4
SHARES
रहेनन् पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफ

काठमाडौँ- पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। लामो समययता बिरामी उनको दुबईमा निधन भएको छ।

सन् १९९९ मा ‘कु’ गरेर पाकिस्तानमा करिब एक दशक शासन गरेका चार तारे जनरल परवेज मुसर्रफको ७९ वर्षको उमेरमा अस्पतालमा निधन भएको ‘द गार्डियन’ ले जनाएको छ।

पाकिस्तानी सेनाले एक विज्ञप्तिमा उनको मृत्युको पुष्टि गरेको ‘द गार्डियन’ ले उल्लेख गरेको छ। ‘जनरल परवेज मुसर्रफ, पूर्वराष्ट्रपति र सेना प्रमुखको दुःखद निधनमा हार्दिक समवेदना व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अल्लाहले दिवंगत आत्मालाई शान्ति प्रदान गरून् र शोकसन्तप्त परिवारलाई शक्ति प्रदान गरून्।’

पूर्वराष्ट्रपति एमाइलोइडोसिसबाट ग्रस्त थिए। यो एक दुर्लभ रोग हो। जसमा शरीरका अंगहरूमा असामान्य प्रोटिन उत्पादन हुन्छ। जसले गर्दा अंगहरूले राम्रोसँग काम नगर्न सक्छन्। यही समस्याबाट पीडित मुसर्रफलाई गत वर्ष यूएईको अस्पतालमा भर्ना गरिएको थियो।

सन् १९९९ मा नवाज शरीफको सरकारलाई ध्वस्त पार्ने एउटा ‘कु’पछि मुसर्रफ सत्तामा आएका थिए। सन् २००१ देखि २००८ सम्म राष्ट्रपति पदमा रहे। पछि उनले महाभियोगबाट बच्न राजीनामा दिए। त्यसयता उनले निर्वासन जीवन बिताए।

मुसर्रफको जन्म सन् १९४३ मा भारतको दिल्लीमा भएको थियो। सन् १९४७ मा भारत विभाजनपछि उनको परिवार पाकिस्तान बसाइँ सरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =