शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ सार्वजनिक

हिमाल प्रेस २१ माघ २०७९ २१:२४
8
SHARES
शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ सार्वजनिक

काठमाडौँ– साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ। शनिबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा पुस्तक सार्वजनिक गरिएको हो।

लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले पुस्तक सार्वजनिक गरेका हुन्।

ब्रह्मास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थिएटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए। पुस्तक सार्वजनिकपश्चात् पुस्तकमाथि अन्तर्क्रिया पनि भएको थियो। जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए।

अन्तर्क्रियामा बोल्दै अधिकारीले संग्रहका कथाहरू फरक-फरक विषयमा रहेको जानकारी दिए। नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको शैलीभन्दा फरक तरिकाले कथाहरू लेखेको उनको भनाइ छ।

‘म कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्,’ अन्तर्क्रियामा उनले भने, ‘मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु।’

शिखा बुक्सले बजारमा ल्याएको संग्रहको मुल्य ४ सय ५० रहेको छ। यसअघि उनले ‘निर्वेद’ उपन्यास, गजल संग्रहका साथै समालोचनाको पुस्तक रचना गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =