समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सर उपचार सम्भव

हिमाल प्रेस ३ फागुन २०७९ २०:५७ | Wednesday, February 15, 2023
समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सर उपचार सम्भव

काठमाडौँ– समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरूले बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर बिरुद्धको दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्।

क्यान्सरको समयमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने उनीहरूको भनाइ छ।

‘बाल्यकाल क्यान्सरमा स्क्रिनिङ सिस्टम छैन। कुनै साइन लक्षण नदेखिइकन देखा पर्नसक्छ, त्यसैले बालबालिकामा हुने क्यान्सर उपचारमा चुनौती छ। समयमै पहिचान हुनसक्यो भने उपचार सम्भव छ,’ पाटन अस्पतालका विभागीय प्रमुख प्रा.डा. गणेश साहले भने।

अन्य देशसरह नेपालमा पनि क्यान्सर पीडितलाई हेरचाह गर्न सकिने बताउँदै नेपालमा परीक्षण गर्नका लागि चुनौती रहेको उनले उल्लेख गरे। संघदेखि प्रदेश सरकारले पनि क्यान्सरजस्ता दीर्घ रोगको उपचारमा आर्थिक सहयोग गर्ने गरेको पनि उनले बताए।

प्रकाशित: ३ फागुन २०७९ २०:५७ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast