राष्ट्रपति चुनावको मतदाता नामावलीमा अरुण चौधरी नाम पनि समावेश

हिमाल प्रेस १२ फागुन २०७९ १५:४० | Friday, February 24, 2023
राष्ट्रपति चुनावको मतदाता नामावलीमा अरुण चौधरी नाम पनि समावेश

काठमाडौँ- निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति निर्वाचनमा सहभागी मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। बिहीबार प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको निर्वाचन अधिकृतको कार्यालयले आज शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको हो। शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ।

राष्ट्रपति निर्वाचनमा प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ जना मतदाता छन्। प्रारम्भिक नामावलीमा नाम नभएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलगायतको नाम पनि अन्तिम नामावलीमा समावेश भएको छ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग राख्दै सांसद चौधरीले दिए निवेदन

जेलमुक्त भए सांसद अरुण चौधरी

 

प्रकाशित: १२ फागुन २०७९ १५:४० | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast