काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन्।
राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसद्लाई संयुक्त रूपमा विशेष सम्बोधन गर्ने भएकी हुन्। उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रूपमा हेरिएको छ।
निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्बोधन भनिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन्।
                            प्रकाशित: २३ माघ  २०७९ ९:११ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

