प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस १२ फागुन २०७९ ७:२४ | Friday, February 24, 2023
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित संघीय संसद् भवनमा बस्नेछ।

बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ। सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: १२ फागुन २०७९ ७:२४ | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast