 प्रतीकात्मक तस्बिर
                             प्रतीकात्मक तस्बिर
                                            पोखरा- पोखराको एक फर्निचर उद्योगमा बुधबार राति आगलागी हुँदा दुई मजदुर जलेर घाइते भएका छन्। पोखरा औद्योगिक क्षेत्रको पछाडिपट्टि रहेका पाल्पा भैरव फर्निचर उद्योगमा मध्यराति १२ बजेतिर आगलागी भएको हो। फर्निचर उद्योग पनि जलेर नष्ट भएको छ।
उद्योगका सञ्चालक दीपककुमार कार्कीका अनुसार उद्योगकै आवासमा बस्दै आएका मजदुर राहुल गुरुङ र आशीष गुरुङ घाइते भएका छन्। तीमध्ये राहुलको गण्डकी मेडिकल कलेज र आशीषको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ।
६ मजदुर एकै ठाउँमा सुतेकोमा आगलागीपछि ४ जना पर्खाल नाघेर ज्यान जोगाउन सफल भएका थिए। आगलागीका कारण उद्योगमा रहेका सबै फर्निचर जलेर नष्ट हुँदा करिब २ करोड बराबरको क्षति पुगेको सञ्चालक कार्कीको दाबी छ।
पोखराको लेकसाइडमा गत साता पनि भीषण आगलागी हुँदा सेलवेज सुपरमार्केटसहित आधा दर्जन पसल जलेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 