दुवै सदन बस्दै, प्रतिनिधिसभाले रहमानको शोक प्रस्ताव प्रस्तुत गर्ने

हिमाल प्रेस १५ फागुन २०७९ ६:५७ | Monday, February 27, 2023
दुवै सदन बस्दै, प्रतिनिधिसभाले रहमानको शोक प्रस्ताव प्रस्तुत गर्ने संसद्‌ भवन

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ।

शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो ।

उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ।
यसैबीच आजै दिउँसो साढे १२ बजे राष्ट्रियसभाको बैठक पनि बस्दैछ।

प्रकाशित: १५ फागुन २०७९ ६:५७ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast