चन्द्र भण्डारीको अवस्था ‘खतरामुक्त’, आजै दुई शल्यक्रिया गरिँदै

हिमाल प्रेस ५ फागुन २०७९ ७:३९ | Friday, February 17, 2023
चन्द्र भण्डारीको अवस्था ‘खतरामुक्त’, आजै दुई शल्यक्रिया गरिँदै फाइल तस्बिर

काठमाडौँ- ग्यास सिलिन्डरबाट आगो निस्किएर सिकिस्त घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ रहेको अस्पतालले जनाएको छ।

बुधबार राति घाइते भएका भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि भारतको मुम्बई लगिएको छ। अहिले मुम्बईको नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।

अस्पतालले आज दुई शल्यक्रिया गर्ने भएको छ। अहिले भन्टिलेसनमा राखेर उपचार भइरहेको छ। भण्डारी निकट स्रोतका अनुसार अब ४८ घन्टा भेन्टिलेसनमै उपचार हुने छ। एन्टीवायोटिक्स कन्टीन्यू गर्ने र आत्तिनु नपर्ने समेत अस्पतालले जनाएको छ।

आज भण्डारीको शरीरमा फ्लुडको मात्रा डबल गर्ने बिहान साढे १० बजे एउटा र साढे १ बजे अर्को गरी दुई शल्यक्रिया हुने छ।
बुधबार राति खाना ग्यास लिक भएर भण्डारीकी आमा समेत घाइते भएकी थिइन्। उनकी आमाको भने उपचारकै क्रममा बिहीबार नै मृत्यु भइसकेको छ।

 

 

प्रकाशित: ५ फागुन २०७९ ७:३९ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast