कानुन संशोधन गरेर भए पनि रेशम चौधरीलाई छुटाइयोस् : नाउपा

हिमाल प्रेस ३ फागुन २०७९ १५:०८ | Wednesday, February 15, 2023
कानुन संशोधन गरेर भए पनि रेशम चौधरीलाई छुटाइयोस् : नाउपा

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले रेशम चौधरीलाई कानुन संशोधन गरेर भए पनि कारागारमुक्त गराउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरीसहित कैदीबन्दीलाई कानुन संशोधन गरेर भए पनि छाड्नु पर्ने उनको माग छ।

‘दोष नभएका हाम्रो मान्छेलाई राज्यले तुरुन्त छाड्नुपर्‍यो। होइन भने टिकपुर घटनाको दोषी देखाइदिने तागत हामीसँग पनि छ। बेकसुर व्यक्तिलाई थुन्न पाइँदैन,’ उनले भने, ‘कानुन संशोधन गरेर भएर पनि रेशम चौधरीसहित मान्छेलाई छोड्नुपर्‍यो। नत्र हामी सडक अवरोध गर्छौं।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसमक्ष माग गरेका छन्। सरकारले सो प्रतिवेदन सार्वजनिक नगरे सदन ठप्प पार्ने उनले चेतवानी दिए।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न हामीले सरकारसँग पटक-पटक माग गरेका छौं। तर हाम्रो माग सनुवाइ भएको छैन। प्रतिवेदन सार्वजनिक नगरे हामी संसद अबरुद्ध गर्न बाध्य हुनेछौं,’ उनले भने।

उनले पुरानो मुद्दालाई ११ वर्षपछि खोतलेर आफ्ना पार्टीका सांसद अरुण चौधरीलाई थुनेको भन्दै आपत्ति जनाए।

प्रकाशित: ३ फागुन २०७९ १५:०८ | Wednesday, February 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast