अन्तरघातीलाई कारबाहीका लागि छानबिन गर्दै जसपा

हिमाल प्रेस १९ माघ २०७९ ८:३५
अन्तरघातीलाई कारबाहीका लागि छानबिन गर्दै जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरूलाई स्पष्टीकरण सोध्ने कार्य तीव्र बनाएको छ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा बनेको छानबिन समितिले जिल्ला जिल्लामा पुगी स्पष्टीकरण लिन थालेको हो। निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरुको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको जसपा प्रचार विभागले जनाएको छ।

समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरेको छ । सोही क्रममा टोली बुधबार सर्लाहीको मलंगवा पुगेको जनाइएको छ। पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरूमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ।

प्रकाशित: १९ माघ २०७९ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast