माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन

हिमाल प्रेस १७ माघ २०७९ १५:११ | Tuesday, January 31, 2023
माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन

काठमाडौँ- प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे अदालतको पूर्ण फैसला नआउँदासम्म केही निर्णय नहुने बताएका छन्।

मंगलबारको पदाधिकारी बैठकमा प्रचण्डले अदालतको पूर्णपाठ नआउँदासम्म थप निर्णय नहुने ब्रिफिङ गरेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

‘अदालतको पूर्ण पाठ नआउँदासम्म थप निर्णय हुँदैन भनेर ब्रिफिङ गर्नुभएको छ,’ उनले भने।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गत शुक्रबार गरेको फैसलापछि रवि लामिछानेको गृहमन्त्री, पार्टी सभापति र सांसद पद गुमेको थियो।

आइतबार नागरिकता पुनः प्राप्ति गरेका लामिछाने सोही दिन फेरि पार्टी सभापति भएका थिए। अदालतको फैसलापछि गृह मन्त्रालयसमेत प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका छन्।

सत्तारुढ अर्को घटक नेकपा एमाले भने सभापति लामिछानेलाई नै गृह मन्त्रालयको नेतृत्व दिनुपर्ने पक्षमा छ। गठबन्धनमा भएको सहमतिअनुसार लामिछाने पुस १० गते उपप्रधान एवम् गृहमन्त्री भएका थिए।

अदालतको आदेशले पद गए पनि नागरिकता पुनः प्राप्तिपछि फेरि लामिछाने सरकारमा जाने चर्चा छ। नेपालको संविधानअनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न पाउँछ। तर यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र संसद् सदस्य बन्नुपर्ने हुन्छ।

यो पनि पढ्नुहोस्

गृह मन्त्रालय माओवादी आफैँंले राख्‍ने, रास्वपाको सरकार छाड्ने चेतावनी

प्रकाशित: १७ माघ २०७९ १५:११ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast