देउवा पक्षका नेताहरूको गुनासो : पार्टीमा एकलौटी निर्णय हुन थाल्यो

हिमाल प्रेस १६ माघ २०७९ १८:०८
56
SHARES
देउवा पक्षका नेताहरूको गुनासो : पार्टीमा एकलौटी निर्णय हुन थाल्यो तस्बिर स्रोत - नेता नैनसिंह महरको फेसबुक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट नेताहरू पनि छलफलमा जुटेका छन्। नेताहरूले पार्टीको कार्यसम्पादन समिति र पदाधिकारीको बैठक राखेर निर्णय गरेर केन्द्रीय सदस्यहरूलाई बेवास्ता गरेको आरोप लगाएका हुन्।

नेताहरूले कार्यसम्पादन समिति र पदाधिकारीको छलफलमा नै अन्तिम निर्णय हुन थालेको भन्दै आपत्ति जनाएका हुन्। उनीहरूले केन्द्रीय सदस्यहरूलाई अवमूल्यन गरिएको पनि बताएका छन्।

पार्टीको निर्णयमा केन्द्रीय सदस्यलाई अनिवार्य सहभागी गराउन पनि उनीहरूले माग गरेका छन्।

‘पार्टीले महत्वपूर्ण निर्णयहरू लिनुपर्ने समयमा छलफल हुन छोड्यो,’ छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘हरेक निर्णय कार्यसम्पादन समिति र पदाधिकारी बसेर गर्ने भए केन्द्रीय सदस्य केका लागि? यसै विषयमा खबरदारी गर्न हामी भेला भएका हौँ।’ उनले अब यस्ता छलफल जारी रहने र दबाब दिने पनि बताए। केन्द्रीय सदस्यलाई निर्णय प्रक्रियामा सहभागी नगराएर पार्टीको विधान विपरीत काम भइरहेको उनको भनाइ छ।

छलफलमा चीनकाजी श्रेष्ठ, पुष्पा भुसाल, मीन विश्वकर्मा, गोविन्द भट्टराई, रणबहादुर रावल, सीता देवकोटा, शान्ति परियार, नैनसिंह महर, कुन्दनराज काफ्ले, अब्दुल सतार, सरस्वती तिवारी, हरिशरण नेपाली, बिद्या तिमिल्सेना, चन्द्र केसी, शुशिला थिंग, रुपा विक, राजिब ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामालगायत सहभागी थिए।

प्रकाशित: १६ माघ २०७९ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =