राप्रपा नेपालको १३ बुँदे निर्णय : जनसंघर्षका कार्यक्रमदेखि वार्ता समिति गठनसम्म

हिमाल प्रेस १० माघ २०७९ १६:२६
72
SHARES
राप्रपा नेपालको १३ बुँदे निर्णय : जनसंघर्षका कार्यक्रमदेखि वार्ता समिति गठनसम्म

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय समिति बैठक १३ बुँदे निर्णय गर्दै सकिएको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षमा माघ ९ र १० गते काठमाडौँमा केन्द्रीय कार्यसमिति बैठक बसेको थियो।

बैठकले आगामी फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारविरुद्ध देशव्यापी जनसंघर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै पार्टीको महाधिवेशन २०८० फागुन ७, ८ र ९ गते काठमाडौंमा गर्ने, धर्म, संस्कृति र परम्परामाथिको हमला रोक्न सरकार, राजनीतिक दलहरूलाई आह्वान गर्नेलगायतका निर्णयहरु गरेको छ।

बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरूसँग सहकार्यका लागि उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ।

प्रकाशित: १० माघ २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =