सुर्खेतमा फिल्म देखाउँदै एफएसए

हिमाल प्रेस ९ माघ २०७९ १४:५९
10
SHARES
सुर्खेतमा फिल्म देखाउँदै एफएसए

काठमाडौँ- गैरसरकारी संस्था ‘आवाज (ब्रेकिङ द साइलेन्स)’सँगको सहकार्यमा फिल्म साउथ एसियाले सुर्खेत, वीरेन्द्रनगर-८मा फिल्म प्रदर्शन गरिरहेको छ। ‘आवाज’को कार्यालयमा फिल्म प्रदर्शन भइरहेका छन्।

‘ट्राभलिङ एफएसए’ नाम दिइएको प्रदर्शनी माघ ९ र १० गरी दुई दिन सञ्चालन हुँदै छ। जसमा नेपालसहित भारत, पाकिस्तानलगायत देशका नौवटा फिल्म प्रदर्शन हुनेछन्।

माघ ९ मा ‘बिफोर यू वेर माई मदर’, ‘लाहुरेनी’, ‘द सेक्रेट लाइफ’, ‘दिल टूटा आशिक’, ‘दाग दाग उजाला’ प्रदर्शन हुनेछन् भने ‘गाइने’, ‘फ्लेम्स अफ अ कन्टिन्युअस फिल्ड अफ टाइम’, ‘द सिटी देट स्पोक टू मी’, ‘तांग’ फिल्म माघ १० मा देखाइनेछन्।

प्रकाशित: ९ माघ २०७९ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =