जनकपुरमा दुईदिने फिल्म प्रदर्शनी

हिमाल प्रेस १७ वैशाख २०८० १२:५९
18
SHARES
जनकपुरमा दुईदिने फिल्म प्रदर्शनी

काठमाडौँ- फिल्म साउथ एसिया (एफएसए)ले जनकपुरमा फिल्म प्रदर्शन गर्ने भएको छ। वैशाख १९ र २० मा जनकपुरमा प्रदर्शन गरिने फिल्मको सूची ‘एफएसए’ले सार्वजनिक गरेको छ।

प्रदर्शनीमा नेपाली र हिन्दी सर्ट फिल्म देखाइनेछन्। वैशाख १९मा तीनटा फिल्म देखाइनेछन्। प्रसुना डंगोलको निर्देशन रहेको ‘विफोर यू वेर माई मदर’, रिधिमा शर्माको हिन्दी सर्ट फिल्म ‘दिल टूटा आशिक’ र प्रदीप अकालेको ‘गाइने’ प्रदर्शन गरिनेछ।

त्यस्तै वैशाख २० मा अनिल बुढामगर निर्देशित ‘आग्रे’, सिकुमा राईको ‘रक्सी खान आउ है कान्छी’, विष्णु कल्पित ‘भगवान्को भैँसी’ र पुष्पा रावतको निर्देशन रहेको हिन्दी सर्ट फिल्म ‘सीता के बदलते रूप’ देखाइनेछ।

ट्राभलिङ एफएसएअन्तर्गत हुने कार्यक्रममा फिल्म प्रदर्शनसँगै छलफल र अन्तरक्रिया पनि हुनेछ। दक्षिण एसियाली सिनेमा र फिल्म निर्माणबारे जान्न चाहनेका लागि कार्यक्रम प्रभावकारी रहने आयोजकले जनाएको छ। जनकपुरको सार्वजनिक पुस्तकालय, गंगा सागरमा फिल्म प्रदर्शन गरिनेछ।

प्रकाशित: १७ वैशाख २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =