भक्तपुरमा पुस्तक मेला हुने

हिमाल प्रेस ४ माघ २०७९ ११:५६
12
SHARES
भक्तपुरमा पुस्तक मेला हुने

काठमाडौँ- भक्तपुरमा पुस्तक मेला हुने भएको छ। बुक क्लब भक्तपुरले ‘स्टुडेन्ट्स बुक फेयर’ आयोजना गर्दै छ।

माघ ५ देखि ७ सम्म भक्तपुरको महेश्वरी ब्याङ्क्वेटमा मेला हुनेछ। जसमा पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहनेछ। मेलामा शैक्षिक सामग्रीमात्र नभई खेल सामग्री पनि बिक्री गरिनेछ।

विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्ष्य गरी मेला आयोजना गरिएको हो। बालबालिका र किशोरकिशोरीमा पठन संस्कृतिको विकासका लागि मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

शिक्षालाई सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको तीनदिने कार्यक्रममा विशेष रूपमा विद्यार्थीसँगै अभिभावक र शिक्षकको सहभागिता पनि रहनेछ। आफ्ना बालबालिकाको शिक्षालाई समर्थन र प्रोत्साहन गर्न खोजिरहेका अभिभावकका लागि मेला प्रभावकारी हुने आयोजकको भनाइ छ।

रंगकर्मी सुनील पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले उद्घाटन गर्नेछन्। मेलामा माघ ७ मा जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीसँग अन्तरसंवाद गरिनेछन्। डा. उप्रेतीले किशोरकिशोरीको स्वास्थ्य र पोषणबारे व्याख्यान दिनेछिन्।

किताब मेलामा पुस्तक बिक्रीसँगै विभिन्न कार्यक्रम पनि हुनेछन्। मेला किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, कथा र कविता वाचन, अभिभावक शिक्षा, सांगीतिक कार्यक्रम पनि हुनेछ। प्रवेश निःशुल्क रहेको मेलामा फिल्म प्रदर्शन, कला कार्यशालालगायत पनि हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =