कमलमणि स्मृति साझा सेवा पुरस्कार नवजीवन सहकारीलाई

हिमाल प्रेस २३ पुष २०७९ १८:३२
12
SHARES
कमलमणि स्मृति साझा सेवा पुरस्कार नवजीवन सहकारीलाई

काठमाडौँ– कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ। सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएबापत संस्थालाई ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष देवबहादुर बमले जानकारी दिए।

कमलमणि स्मृति साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देवबहादुर बमलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

सहकारीको माध्यमबाट सुदूरपश्चिमलगायत राष्ट्रिय अर्थतन्त्रमा समेत योगादन गरेवापत नवजीजन सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गरेको नवजीवन सहकारी संस्थाका अध्यक्ष बमले जानकारी दिए।

प्रकाशित: २३ पुष २०७९ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =