सन्‌राइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

हिमाल प्रेस २२ पुष २०७९ १३:४८
2
SHARE
सन्‌राइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

काठमाडौँ- सन्‌राइज बैंक लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवामा छुट पाउने भएका छन्।
बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार ओपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट दिइने छ।
छुटका लागि ग्राहकले सन्‌राइज बैंकको क्रेडिट, डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

विभिन्न संस्थासँग गरिने यस्तो सहकार्यले डिजिटल भुक्तानी प्रोत्साहन हुने र नगदको प्रयोग कम हुने बैंकले जनाएको छ।

प्रकाशित: २२ पुष २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =